मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बन्दले बारा, पर्साको जनजीवन अस्तव्यस्त

बन्दले बारा, पर्साको जनजीवन अस्तव्यस्त


वीरगन्ज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गरिएको अनिश्चितकालीन बन्दका कारण पर्सा र बाराको जनजीवन अस्तव्यस्त भएको छ ।
 
विगत ११ दिनदेखि सार्वजनिक यातायातका साधन ठप्प भएपछि अलपत्र अवस्थामा रहेका यात्रुहरू आफ्नो गन्तव्यमा पुग्न पैदल हिँड्न वा महँगो रिक्सा भाडा तिर्न बाध्य छन् । 
 
बन्दले शिक्षण संस्था र कलकारखानाको कामकाजसमेत प्रभावित भएका छन् । बजारमा मोटरसाइकल फाटफुट गुडेको देखिए पनि लामो तथा छोटो दूरीका सबै सवारीसाधन ठप्प रहेका छन् ।
 
बन्द समर्थक दलले बिहानैदेखि चोकमा टायर बालेर वीरगन्जको मुख्य चोक र सडकमा विरोध प्रदर्शन गरिरहेका छन् । पर्सा जिल्लाका सरकारी कार्यालयको कामकाजसमेत मोर्चाका कार्यकर्ताले बन्द गराएका छन् ।