मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बजेट पारित भएपछि सम्पूर्ण ध्यान संविधान लेखनमा : नेम्वाङ

बजेट पारित भएपछि सम्पूर्ण ध्यान संविधान लेखनमा : नेम्वाङ


काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यही भदौ ७ गते चालु आवका लागि प्रस्तुत बजेट पारित भएपछि सम्पूर्ण ध्यान संविधान लेखन प्रक्रियामा केन्द्रित गरिने बताउनुभएको छ । 
 
अध्यक्ष नेम्वाङले राससको जिज्ञासामा संविधान मस्यौदा समितिले तयार गरेको मस्यौदा आइतबार बेलुका बस्ने संविधानसभाको बैठकमा प्रस्तुत गरिने जानकारी दिनुभयो । मस्यौदा प्रस्तुत भइसकेपछि सभासद्लाई अध्ययनका लागि संविधानसभा नियामावली, २०७० मा व्यवस्था भएको प्रावधानअनुसार तीन दिनको समयावधि प्रदान गरिनेछ ।
 
सभाध्यक्ष नेम्वाङले संविधान लेखन प्रक्रियालाई अगाडि बढाउने सन्दर्भमा आज प्रधानमन्त्री सुशील कोइरालासँग टेलिफोनमा तथा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको थियो । 
 
सो क्रममा सभाध्यक्ष नेम्वाङले संविधान लेखनको प्रक्रिया अन्तिम चरणमा रहेको, अझै पनि असन्तुष्टिका स्वर कायम रहेको, अन्तिम समयसम्म पनि असन्तुष्ट पक्षका भावनालाई समेट्न सकिने भएकाले उनीहरुसँग छलफल गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो । 
 
“मैले प्रधानमन्त्री कोइरालासँग असन्तुष्ट पक्षसँग छलफलका लागि पहल गर्नुप¥यो, संवाद गरेर बाँकी रहेका विवादित विषयलाई सहमतिमा रुपान्तरण गर्न बाँकी रहेको समय र अवस्थालाई सदुपयोग गर्नु प¥यो भनेको छु”–सभाध्यक्ष नेम्वाङले भन्नुभयो । जवाफमा प्रधानमन्त्री कोइरालाले सबैलाई विश्वासमा लिएर संविधान जारी गर्न आफू लागिरहेको र लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
 
सबैलाई सहमतिमा ल्याएर संविधान जारी गर्न सकेको खण्डमा मुलुक र जनताका लागि राम्रो हुन्छ भन्नेमा केन्द्रित रहेर उहाँहरुबीच छलफल भएको बुझिएको छ । रासस