सभासद्का विवादास्पद अभिव्यक्ति अध्ययन हुँदै

काठमाडौँ । केही सभासद्ले राष्ट्रिय अखण्डताविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्ने सम्बन्धमा व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिलाई प्राप्त श्रव्यदृश्य सामग्रीबारे समितिको यही भदौ ५ गते बस्ने बैठकमा औपचारिक छलफल हुने भएको छ ।    बैठकमा केही सभासद्ले राष्ट्रिय अखण्डता विपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्ने समितिमा प्राप्त श्रव्यदृश्य सामग्री सुनाउन माग उठे पनि सभापति दिलबहादुर घर्तीले अर्को बैठक…