मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘नेपाल हिन्दूराष्ट्र नहुँदा भारत र चीन असुरक्षित’

‘नेपाल हिन्दूराष्ट्र नहुँदा भारत र चीन असुरक्षित’


पाल्पा । संविधानमा नेपाललाई हिन्दूराष्ट्र नै उल्लेख गर्नुृपर्छ भन्ने आवाज देशका कुनाकुनाबाट उठिरहेका छन् । हिन्दूराष्ट्रका अभियन्ताहरू त्यसको लागि जनतालाई जागरुक गराउन, परेको खण्डमा सशक्त भएर सडकमा उत्रन देशका विभिन्न स्थानहरूमा पुगेर विभिन्न कार्यक्रम गरिरहेका छन् ।
 
यसै सन्दर्भमा हिन्दूराष्ट्र बचाऊ अभियान पाल्पाले पाल्पाको रामपुर न।पा। बेझाडमा एक धर्मसभाको आयोजना गरेको छ । सो सभामा हिन्दूधर्मका युवा–प्रवक्ता चैतन्यकृष्ण, राष्ट्रिय धर्मजागरण अभियानका केन्द्रीय उपाध्यक्ष देवी घिमिरे, सत्मार्ग अभियान नेपालका केन्द्रीय सदस्य ध्रुवप्रसाद अर्याललगायतका विशिष्ट वक्ताहरूले सम्बोधन गर्नु भएको छ ।
 
सभालाई सम्बोधन गर्दै देवी घिमिरे, ध्रुवप्रसाद अर्याललगायतले हिन्दूराष्ट्र नभएर छिमेकी राष्ट्र चीन र भारत पनि असुरक्षित हुने र यो देशका अल्पसाख्यकहरू पनि असुरक्षत हुनुपर्ने खतरा रहेको औंल्याउनु भएको थियो । 
 
सभालाई सम्बोधन गर्नेक्रममा चैतन्य कृष्णले राष्ट्रिय चरा हुने, राष्ट्रिय जनावर हुने, राष्ट्रिय गान हुने तर राष्ट्रिय धर्म किन नहुने ? धर्मनिरपेक्षवादीलाई प्रश्न गर्नुभयो । राष्ट्र भनेको भूखण्डमात्रै नभएर सम्बन्धित मुलुकमा बस्ने जनता र ती जनताले अवलम्बन गर्ने धर्म, संस्कृति, रीतिरिवाजआदि सबैको संयुक्त सम्बोधन राष्ट्र हो । आफ्नो प्राचिन वैज्ञानिक धर्म संस्कृतिलाई छाडेर परधर्ममा जानेको कसरी विश्वास गर्न सकिन्छ रु जसले प्रलोभनमा आफ्नो मातापितालाई पनि बेच्न सक्छन् कृष्ण चैतन्यले भन्नु भयो ।
 
नेपाललाई सेकुलर अर्थात धर्मनिरपेक्ष हुनपर्छ भन्ने नर्बे, स्वीडेन, बेलायतलगायतका देशहरू आफू धर्मसापेक्ष छन् किन रु यसमा ठूलो रहस्य घुसेको छ । धर्मनिरपेक्षता ईशाई मेसिनरी भित्र्याएर राष्ट्र विखण्डन गराउने षड्यन्त्र हो । ईशाइ मिसिनरी पसेका सुडान, नाइजेरिया, रुवान्डा त्यसको उदाहरण लिन सकिन्छ । रुवान्डा, नाइजेरियामा ईशाइले त्यहााका निश्चित जातिलाई उचालेर द्वन्द चर्काउदा पचासौं लाख नागरिक मारिए, पचासौं लाख घरवार विहिन भए । त्यस्तै गराउन खोजिदै छ नेपाललाई चैतन्यको भनाइ थियो ।
 
थाइल्याण्ड, जापान, म्यानमार, भूटान, तिब्बत जस्ता देशको नेपाल गुरु देश त हुँदै हो जिससले पनि नेपालमा आएर धर्म सिकेको कारणले गर्दा नेपाल जिससको पनि गुरु देश हो । ईशाइ धर्म दुईहजार वर्ष पुरानो, ईश्लाम धर्म चौधसय वर्ष पुरानो, बुद्धधर्म पच्चीससय वर्ष पुरानो हो भने सनातन हिन्दूधर्म एक अर्व पन्चानब्बे करोड अन्ठाउन्न लाख पचासी हजार एकसय सोह्र वर्ष पुरानो अर्थात सृष्टिसागै आएको र विश्वका चर्चित दार्शनिक वैज्ञानिक महामनिषिहरूबाट सर्वाधिक प्रसंशित धर्म हो । 
 
धर्म, दर्शन, गणित, योग, संस्कृति, सभ्याताको जन्म भएको देशको योग र दर्शनले विश्वमा राज गरिरहेको बेला विदेशीको ईशारामा उनीहरूको हरियो यूरो डलर खाएर जनभावना विपरित अलोकतान्त्रिक तरिकाले हिन्दूराष्ट्र हटाइनु राष्ट्रद्रोह भएको र त्यसलाई तुरुन्त सच्याएर हिन्दूराष्ट्र घोषणा गर्नुपर्छ चैतन्यले आफ्नो सम्बोधनमा बताउनुभयो ।
 
वक्ताहरूले हिन्दूराष्ट्र कायम गर्ने संघर्षप्रति प्रतिबद्धता जनाएका थिए । कार्यक्रम पं। दीननाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।