मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सेनाको ट्रक पल्टिँदा दुई जवानको मृत्यु, १४ घाइते

सेनाको ट्रक पल्टिँदा दुई जवानको मृत्यु, १४ घाइते


लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा बुधबार बेलुका नेपाली सेनाको गाडी पल्टिँदा दुई सैनिक जवानको मृत्यु भएको छ । घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन् । 
 
लहानबाट चामल (राशन) बोकेर चोहर्वा जाँदै गरेको नयाँ गोरख गणको बा.१ ग १९१३ नम्बरको नेपाली सेना सवार ट्रक बेलुका ५ः०० बजेतिर अचानक सडक छेउमा पल्टिँदा सैनिक जवान सालिकराम सिलवाल र कुलबहादुर घर्तीको मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी निरीक्षक अर्जुन पोखरेलले जानकारी दिनुभयो । 
 
दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि सैनिक हेलिकप्टरबाट काठमाडाँै लगिएको र अन्य घाइतेको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । 
 
गाडी तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।