नेपाल

सेनाको ट्रक पल्टिँदा दुई जवानको मृत्यु, १४ घाइते

सेनाको ट्रक पल्टिँदा दुई जवानको मृत्यु, १४ घाइते


लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा बुधबार बेलुका नेपाली सेनाको गाडी पल्टिँदा दुई सैनिक जवानको मृत्यु भएको छ । घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन् । 
 
लहानबाट चामल (राशन) बोकेर चोहर्वा जाँदै गरेको नयाँ गोरख गणको बा.१ ग १९१३ नम्बरको नेपाली सेना सवार ट्रक बेलुका ५ः०० बजेतिर अचानक सडक छेउमा पल्टिँदा सैनिक जवान सालिकराम सिलवाल र कुलबहादुर घर्तीको मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी निरीक्षक अर्जुन पोखरेलले जानकारी दिनुभयो । 
 
दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि सैनिक हेलिकप्टरबाट काठमाडाँै लगिएको र अन्य घाइतेको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । 
 
गाडी तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
 

शेयर गर्नुहोस:

0
Shares