बजेट पारित भएपछि सम्पूर्ण ध्यान संविधान लेखनमा : नेम्वाङ

काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यही भदौ ७ गते चालु आवका लागि प्रस्तुत बजेट पारित भएपछि सम्पूर्ण ध्यान संविधान लेखन प्रक्रियामा केन्द्रित गरिने बताउनुभएको छ ।    अध्यक्ष नेम्वाङले राससको जिज्ञासामा संविधान मस्यौदा समितिले तयार गरेको मस्यौदा आइतबार बेलुका बस्ने संविधानसभाको बैठकमा प्रस्तुत गरिने जानकारी दिनुभयो । मस्यौदा प्रस्तुत भइसकेपछि सभासद्लाई अध्ययनका लागि संविधानसभा…