मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान पारित भएको खुसीयालीमा विभिन्न स्थानमा दीपावली

संविधान पारित भएको खुसीयालीमा विभिन्न स्थानमा दीपावली


चितवन । संविधानसभामा संविधान पारित भएको खुसीयालीमा देशभर विभिन्न स्थानमा दीपावली गरिएको छ । बुधबार साँझ झापाको सातै नगरपालिकामा दीपावली गरिएको नेपाली कांग्रेस झापाले जनाएको छ । जिल्लाको शिवसताक्षी, कन्काई, दमक, शनिअर्जुन, मेचीनगर, बिर्तामोड र भद्रपुरनगरमा दीपावली गरिएको हो । 
 
यस्तै राजधानीका विभिन्न सहर तथा पोखरामा समेत दीपावली गरिएका छन् । नेपाली काँग्रेस र नेकपा एमाले र एमाओवादीले दीपावली गरेर खुसीयाली मनाएका हुन् ।