मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एलपी ग्यास स्कर्टिङ गरी राजधानी पु¥याइयो

एलपी ग्यास स्कर्टिङ गरी राजधानी पु¥याइयो


 
धादिङ । लगातारको तराई बन्दले राजधानीमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन वीरगञ्ज नाकाबाट काठमाडौँको लागि १६३ वटा एलपी ग्यास बोकेको बुलेट ट्यांकरलाई कडा सुरक्षा दिएर राजधानी लगिएको छ । 
 
तराईमा जारी आन्दोलन र बन्दका कारण खाना पकाउने ग्यास बोकेका बुलेट गाडीहरु वीरगंज भन्सारमा थन्केर बसेका थिए । सोमबार राति स्कर्टिङ गरी वीरगंजबाट पथलैया ल्याइएका ग्यास बुलेटहरु मंगलबार बिहान राजधानीतर्फ पठाइएको हो । 
 
बुधबार दिनभरजसो पृथ्वी राजमार्ग हँदै ग्यासका बुलेटहरु राजधानी प्रवेश गरेका छन् । चाडपर्व सुरू भएसँगै लगातारको तराई बन्दले राजधानीलगायत देशका विभिन्न भागमा खाना पकाउने ग्यासको अभाव हुन नदिन विशेष सुुरक्षा व्यवस्था गरी ग्यास बुलेट राजधानी पठाइएको प्रहरीले जनाएको छ ।  
 
२४ घण्टामा एकपटक सबै प्रकारका सवारी साधनहरुलाई स्कर्टिङ गरी ल्याउने लैजाने व्यवस्थासमेत गरिएको मध्यक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । तराईका विभिन्न जिल्लाहरु बन्द भएपछि यसरी स्कर्टिङ गरी एलपी ग्यासका बुलेट गाडीहरु एकैपटक यतिका धेरै राजधानी ल्याइएकोे यो नै पहिलो पटक भएको ग्यास व्यवसायीहरुले बताएका छन् । ती सबै बुलेट गाडीहरु बुधबार बेलुकीसम्म राजधानी प्रवेश गरिसकेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।
 
वीरगंज नाकाबाट १६३ ग्यासका बुलेट गाडीसहित ६१० सवारी साधनहरु र पूर्वका विभिन्न जिल्लाबाट १६५ वटा यात्रुवाहक र  मालवाहक सवारी साधनहरु राजधानी पठाइएको मध्यमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जानकारी दिएको छ ।