कपिलवस्तु । मधेसी मोर्चाको आन्दोलनका कारण जिल्लाको जनजीवन १६ दिनदेखि पूर्ण प्रभावित बनेको छ । चितवनदेखि कञ्चनपुरसम्मका जिल्लालाई थरुहट तराई प्रदेश बनाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले लगातार १५ औँ दिन पनि कपिलवस्तु जिल्ला ठप्प पारेका छन् । बन्दका कारण सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, पकडीलगायतका स्थल पूर्णरुपमा प्रभावित बनेका छन् । …