मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नयाँ संविधानको स्वागत गर्दै देशभर दीपावली

नयाँ संविधानको स्वागत गर्दै देशभर दीपावली


भक्तपुर । नयाँ संविधान जारी भएपछि देशभर हर्षोल्लासका साथ नाचगान र दीपावली गरेर खुसी मनाइँदै आइतबारराति अबेरसम्म संविधानको स्वागत गरिएको छ । 
 
संविधानसभा भवन बानेश्वरमा राष्ट्रपतिले नयाँ संविधान जारी गरेको खुसियालीमा संविधानलाई स्वागत गर्दै भक्तपुरका नगर र गाउँगाउँमा दीपावली गरिएको थियो । राजनीतिक दलका कार्यकर्ता, विभिन्न संघसंस्था, सर्वसाधारण सडकमै नाचगान गरी खुसी साँटासाँट गरिरहेका देखिन्थे ।
 
नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले भक्तपुरको दरबारस्क्वायरमा दीपावली गरेको थियो । 
 
त्यसैगरी मानवीय आस्था नेपालले सूर्यविनायकको पाण्डुबजारदेखि घलातेसम्म दीपावली गरेको थियो । छ लेन सडकको दायाँबायाँ, बीच सडकको बगैँचा, आकासे पुल, सडक पेटीमा समेत दीपावली गरेको छ भने अखण्ड दीप प्रज्ज्वलन गरिएको थियो । 
 
भक्तपुरका दसाँ हजार बासिन्दा भेला भएर दीपावली गरी नाचगान गर्दै खुसियालीसाथ मनाइएको मानवीय आस्था नेपालका महासचिव रवीन्द्र सापकोटाले जानकारी दिए । 
 
साँझदेखि नै छ लेन सडकमध्येको तीन लेन सडक नै अवरुद्ध गरी नाचगान गरेर हर्षोल्लासका साथ संविधानको स्वागत गरेका थिए ।
 
यता पाँचतले मन्दिरको प्राङ्गण तौमढीमा जिल्लाका राजनीतिक दलहरूले सामूहिकरुपमा दीपावली गरे । नेपाली काँग्रेस, एमाले, एमाओवादीलगायतका विभिन्न राजनीतिक दलको आयोजनामा भव्य रुपमा दीपावली गरिएको थियो ।
 
मध्यपुरथिमिका बासिन्दाले थिमिस्थित शङ्खधर चोकमा दीपावली गरेका थिए । रासस