मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वार्ता र संवादका माध्यमबाट समाधान खोज्न मुनको आग्रह

वार्ता र संवादका माध्यमबाट समाधान खोज्न मुनको आग्रह


काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले वार्ता र संवादका माध्यमबाट नेपालको समस्याको समाधान गर्न आग्रह गर्नुभएको छ ।

नेपालको संविधानको घोषणापछि उत्पन्न परिस्थितिका बारेमा महासचिव मुनका प्रवक्ता स्टेफन डुजेरिकले जारी गरेको विज्ञप्तिमा नेपालको पछिल्लो अवस्थाको सकारात्मक सम्बोधन गर्न नेपालका राजनीतिक दल सफल हुने विश्वास व्यक्त गरिएको छ ।

“महासचिव मुनले नेपालमा बनेको नयाँ संविधानको अङ्गीकार गर्दै राष्ट्रिय हितमा निरन्तर लचिलो भएर लाग्न नेपालका राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभएको छ” प्रवक्ता डुजेरिकले भन्नुभएको छ ।

शान्तिपूर्ण विरोध प्रदर्शन गर्न र संवादका माध्यमबाटै समस्याको समाधान खोज्न आन्दोलरत पक्षलाई समेत महासचिव मुनले आग्रह गर्नुभएको आज जारी विज्ञप्तिमा उल्लेख छ । रासस