मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेत्री कोइरालालाई सम्मान

नेत्री कोइरालालाई सम्मान


काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालालाई आज सम्मान गरिएको छ । 
 
नेपाली काँग्रेसको वन तथा वातावरण विभागले नेत्री कोइरालालाई दक्षिण एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को महिला विभागको सहअध्यक्षमा निर्वाचित भएको भन्दै सम्मान गरेको हो । 
 
उक्त कार्यक्रममा नेत्री कोइरालाले नयाँ संविधानले सङ्घीय गणतन्त्रलाई संस्थागत गरेको भन्दै यसलाई कार्यान्वयन गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 
 
उहाँले भन्नुभयो – “दोस्रो जनआन्दोलनबाट नेपाली जनताले आफ्ना प्रतिनिधिबाट संविधान निर्माण गरी संविधानसभाबाट जारी गरेका छन् यो खुसीको क्षण हो ।” यो संविधानले स्वर्गीय गिरिजाबाबुले जनतालाई अधिकार सम्पन्न बनाउन देखेको सपना अहिले पूरा भएको छ – नेत्री कोइरालाले भन्नुभयो । 
 
काँग्रेस विदेश विभाग प्रमुखसमेत रहनुभएकी कोइरालाले नेपालको संविधानको अन्तर्राष्ट्रियस्तरमा चर्चा भएको उल्लेख गर्नुभयो । संविधानले आदिवासी, जनजाति, महिला, दलित सबैको भावना समेटेको बताउनुभयो । संविधान निर्माणपछि अब देशमा आर्थिक क्रान्तिको दिशामा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 
 
नेत्री कोइराला अजरबैजानको बाकुमा गत भदौ १७ गते भएको आइक्यापको महिला सहअध्यक्षमा निर्वाचित हुनुभएको थियो । 
 
सो अवसरमा पार्टीको वन तथा वातावरण विभागका सचिव भोला भट्टराईले नेपालले जलवायु परिवर्तन, वातावरण क्षेत्रमा सामना गर्नुपरेका चुनौतीहरुका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा कुरा उठाउन आग्रह गर्नुभयो । रासस