मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधानप्रति कसैले आपत्ति जनाउनुपर्दैन : अध्यक्ष दाहाल

संविधानप्रति कसैले आपत्ति जनाउनुपर्दैन : अध्यक्ष दाहाल


काठमाडौँ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको संविधान नेपाली जनता र नेपालका राजनीतिक दलले लेखेकाले कोही कसैले आपत्ति जनाउनु नपर्ने बताउनुभएको छ । 
 
एमाओवादी नेता गोपाल किराँतीद्वारा लिखित ‘प्रचण्डपथको विजय’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले नेपालको संविधान, २०७२’ कोही कसैको विरुद्धमा नभएको स्पष्ट गर्नुभयो ।  
 
एक्काइसाँ शताब्दीमा कुनै पनि मुलुकले कुनै अर्को मुलुकविरुद्ध कुनै पनि प्रकारको कदम चाल्न नसक्ने भएकाले अनावश्यक हल्लाको पछाडि नलाग्न र नेपालको आफ्नो स्वतन्त्रताको पक्षमा अडिग रहनुपर्नेमा उहाँले जोड दिनुभयो । 
 
कार्यक्रममा भारतीय पत्रकार आनन्दस्वरुप वर्माले नेपालको निर्णय नेपाली जनता र राजनीतिक दलले गर्ने भएकाले कोही कसैले अनावश्यक चासो लिनु आवश्यक नभएको बताउनुभयो । नेपालमा संविधान बनेकामा भारतीय जनताले स्वागत गरेको उहाँको कथन थियो ।
 
सो पुस्तकमा संविधान लेखन प्रक्रिया, एमाओवादी भूमिकालगायत एक दर्जन लेख समेटिएको छ ।