मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चीनबाट तेल ल्याउन लागेपछि भारतबाट इन्धन भित्रिनै छोड्यो

चीनबाट तेल ल्याउन लागेपछि भारतबाट इन्धन भित्रिनै छोड्यो


वीरगन्ज, ११ कार्तिक । नेपाल सरकारले छिमेकी मुलुक चीनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारी गरिरहँदा भारतीय नाकाहरुबाट भने केही दिन यता डिजेल पेट्रोललगायतका इन्धन सामग्री आउन बन्द भएको छ ।
भारतसँग सीमा जोडिएका मुख्य नाकाहरुमध्ये वीरगंज, विराटनगरलगायतका नाकाबाट इन्धन आउन पूर्ण रुपले रोकिएको बेला केही दिनदेखि रुपन्देहीको बेलहिया नाकाबाट पनि पेट्रोलियम पदार्थ नेपाल आउन सकेन । बेलहिया नाकाबाट फाट्टफुट्ट पेट्रोलियम पदार्थ भित्रिने गरेको भएपनि सोमबारबाटै उक्त नाकाबाट एउटा पनि पेट्रोलियम पदार्थ बोकेको गाडी नेपाल भित्रिएको छैन । आइतबार २० वटा इन्धन बोकेका गाडी छिरेको बेलहिया नाकाबाट त्यसपछि दुई दिनमा एउटा पनि इन्धनका गाडी नआएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक अभव विक्रम शाहले जानकारी दिएका छन् ।
सिमानाका सहजरुपमा सञ्चालनमा आई अक्सिजन, केमिकल, खाद्यान्न र फलफूलका गाडी धमाधम भित्रिए पनि पेट्रोलियम पदार्थका गाडी भने नभित्रिएको उनले जानकारी दिए । उनका अनुसार सोमबार दिनभरमा एउटा एलपी ग्याससहित झण्डै ८० वटा र आइतबार दिउँसोसम्ममा पनि ३० वटा जति गाडी भित्रिएका छन् ।