मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निवर्तमान राष्ट्रपति डा यादवको बिदाइ

निवर्तमान राष्ट्रपति डा यादवको बिदाइ


काठमाडौँ,  कात्तिक १२ । निवर्तमान राष्ट्रपति डा रामवरण यादवलाई बिहिबार शीतलनिवासमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ ।
     
 नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको समारोहमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले डा यादवलाई फूलको गुच्छासहित बिदाइ गरे । प्रधानमन्त्री ओलीले फूलको गुच्छा, माला र बुद्धको मूर्ति उपहारसहित डा यादवलाई बिदाइ गरेका थिए ।
     
 त्यस्तै उपराष्ट्रपति परमानन्द झा, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्ती, प्रधानसेनापति राजेन्द्रकुमार क्षेत्री, राष्ट्रपति कार्यालयका सचिव टेकप्रसाद ढुङ्गानाले पनि डा यादवलाई उपहार प्रदान गरेका थिए ।
 
 त्यसैगरी पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताले पनि डा यादवलाई बिदाइ गरे ।
 
 समारोहमा निवर्तमान राष्ट्रपति डा यादवले अफ्नो सातवर्षे कार्यकालको अनुभवसहितको मन्तव्य दिए । राष्ट्रपति निवासबाट विशेष कारगेडका साथ सरकारले उनका लागि व्यवस्था गरेको ललितपुरको बागडोलस्थित निवासमा उनी गएका छन्  । रासस

शेयर गर्नुहोस:

0
Shares