काठमाडौं । नेपालको नयाँ राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छन् । उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् । बुधबार भएको मतदानमा सत्तारुढ गठवन्धनकी उम्मेदवार विद्यादेवी बुहमतबाट गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
संसद बैठकमा सभामुख ओनसरी घर्तीले जानकारी गराएअनुसार भण्डारीले ३२७ मत पाएकी छन् ।
विद्यालाई एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहितका दलहरुको समर्थन रहेको थियो । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २१४ मत पाएका छन् । गुरुङलाई कांग्रेसबाहेक केही साना दलको मात्र मत परेको थियो ।
राष्ट्रपति निर्वाचनमा कुल ५९७ सांसदमध्ये ५४९ ले मतदान गरेका थिए । तर, ८ मत भने बदर भएको थियो ।
प्रतिक्रिया