मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दसैँमा नियम उल्लङ्घन गर्ने २२ माथि कारबाही

दसैँमा नियम उल्लङ्घन गर्ने २२ माथि कारबाही


चितवन, ५ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले आज सवारी नियम उल्लङ्घन गर्ने २२ जना चालकलाई कारबाही गरेको छ ।
 
रातिदेखि आज बिहान गरेको जाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरी कुल रु १३ हजार २०० राजस्व सङ्कलन गरेको प्रहरी हवल्दार निरबहादुर बुढाथोकीले जानकारी दिनुभयो । कारबाहीमा एकजना मापसे गर्नेसमेत परेका छन् ।
 
सबैभन्दा बढी सवारी नियम उल्लङ्घन गर्नेमा मोटरसाइकल रहेका छन् । त्यसपछि ट्रकले नियम उल्लङ्घन गरेको भेटिएको उहाँले बताउनुभयो । 
 
चाडबाडका बेला सवारी नियम उल्लङ्घनका घटना बढ्न सक्ने भएकाले कडा निगरानी थालिएको प्रहरीले जनाएको छ । जिल्लामा इन्धन अभावले सवारी गुड्ने क्रम न्यून भएपनि सवारी नियम उल्लङ्घन गरेर गाडी चलाउने क्रम भने रोकिएको छैन ।
 
मोटरसाइकल चालकले हेल्मेट नलगाउने, चालक अनुमतिपत्र नबोक्ने, नवीकरण नगर्ने, तीन जना चढेर हिँड्नेहरू कारबाहीमा परेका छन् । प्रहरीले सवारी कारबाही तीव्र पारेकाले गएको वर्ष अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको थियो ।
 
प्रहरीले गएको वर्ष कुल रु दुई करोड ४९ लाख ९१ हजार राजस्व सङ्कलन गरेको थियो । रासस