मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जुवा खालबाट बरामद रकम प्रहरीले लुकाएको आरोप

जुवा खालबाट बरामद रकम प्रहरीले लुकाएको आरोप


कपिलवस्तु, ५ कात्तिक । जुवाडेसहित जुवाको खालबाट नियन्त्रणमा लिएको रकम प्रहरीले लुकाएको खुलासा भएको छ ।

सोमबार राति कपिलवस्तु नगरपालिका–४ स्थित राजेश धोवीको घरबाट २१ जना जुवाडे पक्राउ गर्दा जुवा खालबाट प्रहरीले करिब रु ५० हजार रकम लिएर गएको भएपनि खालबाट रु २१ हजार मात्रै बरामद भएको प्रहरीले जनाएको थियो ।

तास खेलेको आरोपमा पक्राउ परेर एक रात थुनामा रही बाहिर निस्केका २१ जनामध्येका अधिकांशले खालमा करिब रु ५० हजार रहेको सञ्चारकर्मीलाई बताएपछि प्रहरीले रकम लुकाएको खुलासा भएको हो ।

नाम नबताउने शर्तमा एक जनाले प्रहरीले करिब रु ३० हजार लुकाएको दाबी गरे । “हाम्रो खल्तीमा रहेको सबै रकम हामीले फिर्ता पायौँ,” उनले भने – “तर खालको रकम भने प्रहरीले कम देखायो । मेरो अगाडिको खालमा मात्रै रु २५ हजारभन्दा बढी रकम थियो । अन्य साथीहरूको अगाडि पनि करिब २०÷२५ हजार रुपैयाँ जति थियो ।”

पक्राउ परेकाहरूलाईमाथि प्रहरीले मादकपदार्थ सेवन गरेर कुटपिटसमेत गरेको उनीहरूले बताएका छन् ।

जुवा खालबाट रकम नपाएपछि छापा मारिएको आरोप प्रहरीमाथि लगाइएको छ । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले भने खालबाट उठेको रकम हिनामिना नभएको बताएको छ । रासस