पथरी (मोरङ) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूकम्पले क्षति ग्रस्त भएका २७ हजार २५६ घरटहरा निर्माण गरेको बताउनुभएको छ । मदन भण्डारी फाउन्डेसनले आज विराटनगरमा आयोजना गरेको पूर्वाञ्चलस्तरीय अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले २८ हजार एमालेका कार्यकर्ताले भूकम्पबाट प्रभावित २७ निर्वाचन क्षेत्रमा २७ हजार २५६ घरटहरा निर्माण गरेको र एक हजार विद्यालय…