मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा मानवीय संकट आउन सक्ने खतरा : अमेरिका

नेपालमा मानवीय संकट आउन सक्ने खतरा : अमेरिका


काठमाडौं, १९ कार्तिक । अमेरिकाले नेपालमा मानवीय संकट आउनसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले ‘भारतीय नाकाबन्दी’ शव्दावली प्रयोग नगरी जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘नेपाल–भारत सीमाको अवस्था अझ बिग्रिँदा ग्यास, तेल, औषधि तथा खाद्यान्न भूकम्प प्रभावित क्षेत्रमा समेत अभाव भएकोमा संयुक्त राज्य अमेरिका गम्भीर सरोकार राख्दछ।’

भारतीय नाकाबन्दीका कारण मुलुक गम्भीर मानवीय संकटमा पर्दै गएको अवस्थामा अमेरिकी दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै त्यसतर्फ चासो देखाएको हो।

Advertisement
ADVERTISEMENT

पछिल्लो परिस्थितिका कारण भूकम्प पीडितलाई अन्तर्राष्ट्रिय समुदायले राहत सामग्री पठाउन नसकेको भन्दै अमेरिकी दूतावासले भनेको छ, ‘जाडोयाम सुरु भइसकेको छ। भूकम्प पीडितलाई राहत पु¥याउन नसक्दा यसले गम्भीर मानवीय संकट निम्त्याउन सक्छ। त्यसैले यो समस्या समाधानमा संलग्न पक्षहरुले समाधान प्रयासका लागि आ–आफ्नो तर्फबाट दुई गुण बढी प्रयास बढाउनु पर्दछ ।’

नेपालको प्रजातान्त्रिक अभ्यासको बाटोमा साथ दिने तथा पुननिर्माणलाई सक्रियताका साथ सघाउने प्रतिबद्धता अमेरिकाले दोहोर्‍याएको छ ।

शेयर गर्नुहोस:

0
Shares