मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

६ जना पुगे उपप्रधानमन्त्री, राष्ट्रपतिबाट शपथ

६ जना पुगे उपप्रधानमन्त्री, राष्ट्रपतिबाट शपथ


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन उपप्रधानमन्त्री र मन्त्रीलाई बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावल, उपप्रधानमन्त्री एवम् महिला तथा बालबालिकामन्त्री सीपी मैनाली र अर्का उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई सहकारी तथा गरिबी निवारण मन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाइन् ।
यसअघि नै टोपबहादुर रायमाझी, विजय गच्छदार र कमल थापा उपप्रधानमन्त्री भइसकेका छन् । अब नेपालमा ६ जना उपप्रधानमन्त्री हुनेछ । यो नेपालको इतिहासकै सबैभन्दा ठूलो संख्या हो । तीन सीटे दललाई उपप्रधानमन्त्री दिएपछि अब राप्रपाले पनि उपप्रधानमन्त्री दावी गर्ने बाटो खुलेको छ ।
यस्तै अर्थमन्त्री विष्णु पौडेल, सूचना तथा प्रविधिमन्त्री शेरधन राई, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री आनन्दप्रसाद पोखरेल र शान्ता मानवीले बिनाविभागीय मन्त्रीको पद तथा गोपनीयताको शपथ लिए ।
त्यसैगरी सत्य नारायण मण्डललाई युवा तथा खेलकुद, रामजनम चौधरीलाई स्वास्थ्य तथा जनसंख्या, विश्वेन्द्र पासवानलाई विज्ञान तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मण्डल, चौधरी र पासवान यसअघि नै मन्त्रीमा नियुक्त भए पनि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिना विभागीय ती मन्त्रीहरुको जिम्मेवारीसमेत तोकेका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधीश गिरिशचन्द्र लाल उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेता सांसदहरुको उपस्थिति थियो । रासस