मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल र चीनबीच २० बुँदे सम्झौता, सात नाका खोलिने

नेपाल र चीनबीच २० बुँदे सम्झौता, सात नाका खोलिने


काठमाडौँ । नेपाल र चीनबीच सीमा नाका खुलाउनेलगायतका २० बुँदे सम्झौतामा बिहीबार साँझ हस्ताक्षर भएको छ । सम्झौताअनुसार नेपाल र चीनबीच जोडिएका थप साता व्यापारिक नाका खोलिने भएको छ ।

यसअघि चीनसँग जोडिएको चल्तीको नाका तातोपानी मात्रै थियो । रसुवागढी नाका भने भारतको नाकाबन्दीपछि चीनले दिएको अनुदानको तेल ल्याउनेबेलामा चर्चामा आएको हो ।

अब चीनसँग जोडिएका संखुवासभाको किमाथाङ्का, मुस्ताङको करोला, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, हुम्लाको यारी, दोलखाको लामाबगर र मुगु नाकामा भन्सार स्थापना गरिने छ । त्यसबाहेक सिन्धुपाल्चोकको लार्चा र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह स्थापना गरिने सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपालका भन्सारका उपमहानिर्देशक दामोदर रेग्मी र ल्हासा भन्सारका उपमहानिर्देशक लुन चेन वाईले हस्ताक्षर गरेका छन् । यसअघि नेपाल र चीनका अधिकारीहरुबीच भएको वार्तामा सात नाकामा भन्सार स्थापना गर्न सहमति भएको थियो ।

नेपालको भ्रमणमा रहेको ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ वोई नेतृत्वको टोलीसँग तीन दिनसम्म भन्सार विभागले गरेको छलफलले चीनसँगको अन्य ७ वटा नाकालाई व्यापारिक रुपमा सञ्चालन गर्ने सहमति भएको थियो ।

चिनियाँ टोलीसँग भूकम्पपछि बन्द रहेको तातोपानी नाकालाई छिट्टै पुरानै अवस्थामा ल्याएर सञ्चालन गर्ने सहमति पनि भएको छ ।