मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मोर्चा कार्यकर्ताले प्रहरी बिट र एसपी चढेको गाडी जलाए

मोर्चा कार्यकर्ताले प्रहरी बिट र एसपी चढेको गाडी जलाए


सप्तरी, ६ मंसिर  ।  सप्तरीको भारदह र रुपनीमा गए राती भएको झडपमा २ प्रदर्शनकारीको मृत्यु भएपछि आक्रोशित भएका प्रदर्शनकारीले राजविराज बजार क्षेत्र मै जिल्ला प्रहरी प्रमुख एसपी भिम ढकाल चढेको ना१झ १३१६ गाडीमा आगजनि गरेका छन् । यस्तै रुपनी मोडमा रहेको प्रहरी बिट पनि जलाउनुका साथै राजमार्गको बरमझियास्थित सुन्दरी खोलाको पुल आधा भत्काइदिएका छन् ।


जिल्ला प्रहरी प्रमुखको गाडीमा आगजनि गरी भागेका प्रदर्शनकारी गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा लुकेको सूचनाको आधारमा थप बल सहित आएको प्रहरीले अस्पताल हातामा प्रवेश गरी जथाभावी लाठी चार्ज गरेको अस्पतालका असिस्टेन्ट मेडिकल सुपरिटेन्डेन्ट टेकनारायण मण्डलले बताए । उनका अनुसार प्रहरीको लाठी प्रहार तथा कुटपिटका कारण अस्पतालका ल्याब टेक्निसियन विश्वनाथ मण्डल लगायत अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट र अहेवहरु घाइते भएका छन् । यस्तै केही बिरामीका कुरुवा पनि घाइते भएका छन् ।

यस्तै आक्रोसित प्रदर्शकारीले सुन्दरी खोलाको पुललाई आधीभन्दा बढी भत्काइदिएका छन् । पुल भत्काउन थालेपछि थप दलबल सहित पुगेको प्रहरीले लाठी चार्ज गर्न थालेपछि त्यहाँ भएको झडपमा आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन् । अब उक्त पुलबाट एकतर्फी रुपमा मात्र गाडी चलाउन मिल्ने भएको छ ।एजेन्सी