मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुईवटा मोटरसाइकलमा आगजनी

दुईवटा मोटरसाइकलमा आगजनी


इनरुवा, ६ मङ्सिर । सुनसरी सदरमुकाम इनरुवा– ७, जिविसको कार्यालय अगाडि दुईवटा मोटरसाइकलमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गएराति आगजनी गरेका छन् ।
 
सुनसरीको दक्षिणवर्ती गाविसतर्फबाट तस्करीको इन्धन लिएर आइरहेका बेला मोर्चाका कार्यकर्ताले इनरुवा– ७ जिविस अगाडि रोकेर को१७प ५१०८ र को४प ३०७८ नंको मोटरसाइकलमा आगजनी गरेको जिप्रका, सुनसरीले जनाएको छ । आगजनीबाट मोटरसाइकल पूर्णरूपमा नष्ट भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । मोटरसाइकलमा लगाइएको आगोलाई इनरुवा नगरपालिकाको वारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
 
घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले जानकारी दिनुभयो । रासस