मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राजेन्द्र महतोले चोरेर नेपाली नागरिकता लिएको खुलासा

राजेन्द्र महतोले चोरेर नेपाली नागरिकता लिएको खुलासा


काठमाडौं, १० मंसिर । मधेस आन्दोलनका प्रमुख नेतृत्वकर्ता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चोरेर नेपाली नागरिकता लिएको खुलासा भएको छ ।

संसद अन्तर्गतको राज्य व्यवस्था समितिको आज सिंहदरबारमा बसेको बैठकमा एमालेकी सांसद गौरी ओलीले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चोरेर नेपाली नागरिकता लिएको बताउनुभएको हो ।

Advertisement

सत्तारुढ दल एमालेकी सांसद ओलीले महतोले नेपाली नागरिकता चोरेर बनाएको दाबी गर्दै राज्यविरुद्धको मुद्दा लगाइ कारवाही गर्न गृहमन्त्री शक्ति बस्नेतसँग माग गर्नुभएको छ । बैठकमा गृहमन्त्री बस्नेतको पनि सहभागिता थियो । मधेसी नेता महतो बेलाबेला नागरिकताका कारण विवादमा आउने गर्नुहुन्छ ।

शेयर गर्नुहोस:

0
Shares