मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संकटमोचनका लागि ओलीले बोलाए सर्वदलीय बैठक

संकटमोचनका लागि ओलीले बोलाए सर्वदलीय बैठक


काठमाडौं । लामो समयदेखि मधेश आन्दोलन र भारतीय नाकाबन्दी जारी रहेपछि यसको निकासका विषयमा छलफल गर्न आइतबारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

तीन महिनाभन्दा बढी समयदेखि आन्दोलन जारी राखेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको पटक पटक भएका वार्ता विफल र भारतले नाकाबन्दी नहटाउँदा मुलुकभरको जनजीवन सकसपूर्ण भइरहेका बेला आइतबार साँझका लागि प्रधानमन्त्री शर्माले सर्वदलीय बैठक बोलाएका हुन् ।

सर्वदलीय बैठकमा मधेशको समस्या समाधान र भारतीय नाकाबन्दीले पारेको असर र यसले निम्त्याएको अभाव पूर्तिका विषयमा प्रधानमन्त्री शर्माले अन्य दलहरुका धारणा र सुझाव लिनेछन् ।

शनिबार राति मात्रै प्रहरीको गोली लागेर सप्तरीमा दुई जनाको ज्यान गएको भोलिपल्ट बस्न लागेको सर्वदलीय बैठकमा तत्काल मधेश समस्या समाधान गर्न दलहरुले सुझाव दिनेछन् । भने भारतीय पक्षसँग नझुकी स्वाभिमानमा आँच नआउने गरी कूटनीतिक पहलबाट नाकाबन्दी हटाएर मुुलुकभरको जनजीवन सामान्य बनाउन सहभागी दलहरले प्रधानमन्त्रीलाई सुझाव दिने तयारी गरेका ति दलका नेताहरुले बताएका छन् ।