मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पार्टी नेतृत्वप्रति काँग्रेसका पूर्वमन्त्रीद्वारा असन्तुष्टि

पार्टी नेतृत्वप्रति काँग्रेसका पूर्वमन्त्रीद्वारा असन्तुष्टि


काठमाडौँ, १२ मङ्सिर । नेपाली काँग्रेसका पूर्वमन्त्रीहरूले पार्टीको नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । 
 
पूर्वमन्त्री, पूर्वसांसद र पूर्वजिल्ला सभापतिले आज यहाँ आयोजना गरेको ‘नेपाली काँग्रेसमा देखापरेका सङ्कट र हाम्रो भूमिका’ विषयको छलफल कार्यक्रममा पार्टीले पछिल्लो समयमा खेलेको भूमिकाप्रति असन्तुष्ट व्यक्त गरेका हुन् । 
 
काँग्रेसका केन्द्रीय सदस्य पद्मनारायण चौधरीले पार्टीले गुटको राजनीतिक अन्त्य गरेर अगाडि बढ्नु आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “१२ औँ महाधिवेशनलाई एकताको महाधिवेशन भनिए पनि पार्टीभित्र देखिएका मनमुटाव, विवाद र गुटबन्दी बढ्दै गयो, आगामी १३ औँ महाधिवेशनमा गुठबन्दीको अन्त्य गरी पार्टीलाई सशक्त ढङ्गले अगाडि लैजानुपर्छ ।”
 
पार्टीका अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारले पार्टीका गम्भीर विषयमा हुने छलफल पार्टी नेतृत्वले केन्द्रीय सदस्यको अनुपस्थितिमा एकलौटी ढङ्गले निर्णय गर्ने गरेको बताउनुभयो । 
 
पूर्वमन्त्री मार्शलजुलुम शाक्यलेजननायक बिपी कोइरालाको भनाइ ‘यदि तपाईलाई के गर्ने र के नगर्ने द्विविधा परे देशको माटो हातमा उठाएर सहिदलाई सम्झनुहोस् । अनि आफ्नो आत्मालाई सोध्नोस्, तपाईँको आत्माले जे भन्छ त्यही गर्नोस्, त्यही देश र जनतको हितमा हुनेछ’ लाई आत्मसात् गर्ने बेला आएको बताउनुभयो । 
 
पूर्व राज्यमन्त्री सुशीलमान शेरचनले संविधान निर्माणपछि राष्ट्रपति, प्रधानमन्त्री निर्वाचनमा पार्टीले गरेको निर्णयप्रति आपत्ति जनाउँदै भन्नुभयो, “पार्टीलाई थप उचाइमा पु¥याउनका लागि पार्टीमा नयाँ नेतृत्वको खाँचो छ ।” 
 
पूर्वराज्यमन्त्री रेवती भुसालले नाकाबन्दीले देशमा महँगी, कालोबजारी, भ्रष्टचार मौलाउँदै गएकाले व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दलको हैसियतले काँग्रेसले उचित जिम्मेवारी निर्वाह गर्नु आवश्यक रहेको बताउनुभयो । 
 
पूर्वराज्यमन्त्री इन्द्रबहादुर गुरुङ, चन्द्रसिंह भट्टराई, रामबहादुर गुरुङ, पूर्वसहायकमन्त्री झलकनाथ वाग्ले, उदयपुरका पूर्वसभापति विदुर बस्नेत, बिपी कोइराला मेमोरियल ट्रस्टका उपाध्यक्ष श्रीहर्ष कोइराला, बिपी सङ्ग्रहालयका अध्यक्ष पशुराम पोखरेललगायतले पार्टी नेतृत्वले बिपीको आदर्श सिद्वान्तलाई बिर्सँदै गएको जिकिर गर्नुभयो । उहाँहरूले पार्टीको विधानको परिच्छेद ५ को धारा २१ को (ङ) मा १० वर्ष निरन्तर पार्टीमा क्रियाशील भएको व्यक्तिलाई केन्द्रीय सदस्य बनाउन पाउने व्यवस्था भए पनि १० महिना क्रियाशील नभएका व्यक्तिलाई केन्द्रीय सदस्य बनाइएको भन्दै आलोचना गर्नुभयो । 
 
भेलाले छलफलबाट निष्कर्षमा आएका कुरा पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने भएको छ । रासस