मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आगलागीमा एउटै परिवारका तीन बालबालिकाको मृत्यु

आगलागीमा एउटै परिवारका तीन बालबालिकाको मृत्यु


भीमदत्तनगर, १६ मङ्सिर । कञ्चनपुरको पुनर्बास नगरपालिका–१ मा गएराति एक घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्बास–१ शिवमन्दिर टोलमा स्थानीय सरिता खड्काको घरमा राति आगलागी हुँदा सरिताका ११ वर्षीय छोरा अर्जुन, ८ वर्षीय छोरा किरण र ५ वर्षीया छोरी प्रिया खड्काको घरभित्रै जलेर मृत्यु भएको हो ।

आमा सरिता र अर्को छोरा रोहित भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सरिताको घरको भान्सामा चुलोबाट आगो सल्किएर आगलागी भएको हो । प्रहरी टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । रासस