गोरखा । भूकम्पले भत्काएको गोरखाको विद्यालयमा अस्थायी टहरा निर्माण गर्न पोखराका आमा समूहले जस्तापाता वितरण गरेका छन् । गोरखा नगरपालिका–६ को रत्नलक्ष्मी माध्यमिक विद्यालयमा टहरा निर्माण गर्न पोखराको सङ्कल्प र सिर्जना आमा समूहले ७० जस्तापाता हस्तान्तरण गरेका हुन् । महिला समूहले एक लाख रूपैयाँको जस्तापाता किनेर विद्यालयका प्रधानाध्यापक साधना त्रिपाठीलाई मंगलबार हस्तान्तरण गरेका हुन् ।…