संविधान नेपाली जनताको महत्वपूर्ण उपलब्धि हो : काँग्रेस नेताहरू

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले नयाँ संविधान नेपाली जनताको महत्वपूर्ण उपलब्धि भएको भन्दै त्यसलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा आज आयोजित ‘वर्तमान संविधानबाट क–कसले के के पाएका छन् ? विषयक अभिमुखीकरण कार्यक्रममा नेपाली जनताको सात दशकदेखिको आफ्नो संविधान बनाउने चाहना…