मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनकपुरमा ग्यासको कालो बजारी बढदै

जनकपुरमा ग्यासको कालो बजारी बढदै


जनकपुरधाम, १२ मङ्सिर । जनकपुरमा खाना पकाउने ग्यासको कालोबजारी बढदै गएको छ । नाकाबन्दी र बन्द,हड्तालका कारण सीमित मात्रामा ग्यास आउन थालेपछि उपभोक्ताहरू मर्कामा परेका छन् । 
 
जनकपुर अञ्चल ग्यास व्यवसायी सङ्घको संरक्षणमा अहिले ग्यास व्यापारीले खुलेयाम ग्यासको कालो बजारी गर्ने गरेको कारणले गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।
 
उनीहरू ग्यास अभावका कारणले चर्को मूल्य तिरेर भए पनि ग्यास किन्न बाध्य भएका छन् । 
 
नेपाल ग्यासको अधिकृत बिक्रेता गणेश झाले आफनो कम्पनीको ग्यासका लागि सर्वसाधारणसँग रु चार हजारमा सिलिण्डर बेच्न लागेकोमा स्थानीय उपभोक्ता र युवा सङ्र्घष समितिको विरोधका कारण असफल भएका छन् । 
 
झाले ग्यास सङ्घको संरक्षणमा जनकपुरको गोपाल धर्मशालामा प्रतिसिलिण्डर रु चार हजार लिएर ग्यास बेच्न थालेका थिए ।
 
उपभोक्तालाई ग्यास व्यवसायी सङ्घको टिकट काटेर दिने गरिएको थियो । जसमा प्रत्येक उपभोक्ताले रु चार हजार दिने गरेका थिए । जनकपुरमा कुपन लिनुपर्ने र एका बिहान लालगढ पुगेर आफँैले ग्यास लिनुपर्ने सर्तसहितले ग्यासको कुपन वितरण गरिएको थियो । 
 
झाले आपूmलाई रु ३०० प्रतिसिलिण्डर आएको र सोको कुपनका आधारमा वितरण गर्नको लागि गोपाल धर्मशालामा झाले आफ्नो नजिकका व्यक्तिलाई बोलाएका थिए ।
 
उनीहरूले झाको पसल अगाडि स्थानीय प्रशासन र नेपाली काँग्रेसको विरुद्धमा नाराबाजी गरेका थिए । ग्यासका डिलर झा नेपाली काँग्रेससँग आवद्ध रहेका छन् । 
 
 स्थानीय उपभोक्ताको विरोधपछि १२८ जना उपभोक्तालाई काटिएको कुपन र पैसा फिर्ता गरिएको थियो । तर सो परिणामको सिलिण्डरको भने कुनै अत्तोपतो छैन । जनकपुरमा मोर्चाको बन्दका कारणले गर्दा सर्वसाधारण बेहाल भइरहेको अवस्थामा अहिले तराईका जिल्लामा ग्यासको कालो बजारी हुन थालेको छ । रासस