मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कार दुर्घटनामा एकको ज्यान गयो

कार दुर्घटनामा एकको ज्यान गयो


धादिङ, १५ मंसिर । पृथ्वीराजमार्गअन्तर्गत धादिङको मलेखुमा मंगलबार राति कार दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । काठमाडौँबाट पोखरा जान लागेको बा १२ च १०२९ नंबरको कार मंगलबारराति ९ः३० बजेतिर पृथ्वीराजमार्गअन्तर्गत धादिङको मलेखुमा सडकबाट त्रिशूली नदीमा खस्दा दुर्घटना भएको हो । 
 
दुर्घटनामा सिन्धुपाल्चोक जिल्ला कालिका गाविस–७ घर भएका २८ वर्षीय सुनिल खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुने चारमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको गजुरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।