चितवन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा–माओवादी चितवनले भारतीय हस्तक्षेपको विरोध गरेको छ ।
शनिबार दिउँसो नारायणगढमा अर्धनग्न जुलुस प्रदर्शन गरेर भारतीय हस्तक्षेपको विरोध गरेको हो । युवाहरुले आफ्नो शरीरमा ‘भारतीय हस्तक्षेप बन्द गर’ भनेर लेखेका थिए ।
भरतपुरको चौबिसकोठीबाट सुरू भएको प्रदर्शन नारायणगढको पुल्चोकसम्म पुगेको थियो । प्रदर्शनका क्रममा उनीहरुले ‘जनयुद्ध जारी छ, भारतीय विस्तारवाद मुर्दावाद, भारतीय हस्तक्षेप बन्द गर’जस्ता नारा लगाएका थिए ।
प्रतिक्रिया