पथरी (मोरङ) । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टले पत्रकारमाथिको आक्रमण तत्काल बन्द गर्न आग्रह गर्नुभएको छ । अध्यक्ष विष्टद्वारा बुधबार जारी विज्ञप्तिमा तत्काल जलाइएको तथा तोडफोड भएका पत्रकारहरुका सवारी साधनको क्षतिपूर्ति तथा पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई कारबाहीको माग गरिएको छ । मधेस आन्दोलनका क्रममा पछिल्लो समयमा आन्दोलनरत पक्षले पत्रकारलाई लक्षित गर्दै…