मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विमान दुर्घटनाका घाइते कोहलपुरमा

विमान दुर्घटनाका घाइते कोहलपुरमा


बाँके (खजुरा), १४ फागुन । कालीकोटको चिल्खायामा आज भएको विमान दुर्घटनामा परी घाइते नौ जनालाई उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ । 
 
दुर्घटनामा निधन भएका पाइलटद्वयको शव पनि सोही हेलिकप्टरबाट ल्याइएको अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक धिरु बस्न्त्यातले बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । 
 
दुर्घटनामा परी मेघराज गिरी, गणेश भट्टचन, सोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्द भण्डारी, लक्ष्मी खड्का, धनञ्जय खत्री, जगदम्बा खत्री र दुई वर्षीय शिशुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 
नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको नाइन एनए जेबी जहाजमा समस्या आएपछि अपराह्न साढे १२ बजे चिल्खाया गाविस–२ मा आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको थियो । सो दुर्घटनामा नेपालगन्ज निवासी पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको मृत्यु भएको छ । जहाजमा ११ जना सवार थिए । रासस