मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

असमझदारी चिर्न प्रधानमन्त्री ओली सफल : प्रवक्ता शर्मा

असमझदारी चिर्न प्रधानमन्त्री ओली सफल : प्रवक्ता शर्मा


इटहरी, १४ फागुन । एनेकपा माओवादीका नेता तथा पार्टीका प्रवक्ता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण उद्देश्य प्राप्तिका दृष्टिले सफल भएको बताउनुभएको छ । 
 
 प्रवक्ता शर्माले आज इटहरीमा क्रान्तिकारी पत्रकार सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेको भ्रमणले दुई मुलुकबीच देखिएको असमझदारी चिर्न सफल भएको बताउनुभयो ।
 
भारतसँगै कूटनीतिक र प्रशासनिक तहमा मात्र सीमित रहेको सम्बन्धलाई अब राजनीतिक रुपमा पनि स्थापित गर्नुपर्छ भन्ने मान्यता स्थापित गराउन प्रधानमन्त्रीको भ्रमणले केही हदसम्म सफल भएको आफूहरूको बुझाइ रहेको र सबै दलले यही अपेक्षा मात्र गरेको तथ्य पनि खुलस्त पार्नुभयो । 
 
मधेस आन्दोलनले छिमेकी मुलुक भारतका व्यापारीलाई समेत ठूलो घाटा पारेको उहाँको भनाइ थियो । 
 
प्रवक्ता शर्माले डा बाबुराम भट्टराई वामपन्थी मार्गबाट विचलित भइसकेकाले अब कुनै सहकार्य सम्भव नभएको बताउँदै आफूहरूको पार्टीबाट केही पर बस्न पुगेका बाँकी सबैसँग चाँडै नै एकता हुने विश्वास व्यक्त गर्नुभयो । 
 
 प्रवक्ता शर्माले जनप्रतिनिधिले निर्माण गरेको संविधान अपरिवर्तनीय नभएकाले यसबाट अहिल्यै आत्तिई हाल्नुपर्ने अवस्था नरहेको पनि बताउनुभयो । रासस