मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चेपाङ विद्यार्थीलाई स्टेशनरी सहयोग

चेपाङ विद्यार्थीलाई स्टेशनरी सहयोग


चितवन । पूर्वी चितवनको लोथर–७ स्थित श्यामराङमा रहेको दुङबाङ प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी सहयोग गरिएको छ । 
 
विद्यालयका १९६ चेपाङ विद्यार्थीलाई नवलपरासी त्रिवेणी घर भई हाल कुवेतमा रहेका अच्युत श्रेष्ठले १० हजार बराबरको स्टेशनरी उपलब्ध गराएका हुन् । 
 
उनले उपलब्ध गराएको सहयोग रकमबाट कपी, कलम, खेलकुद सामाग्री खरिद गरी हामीले नगरे कसले गर्ने ? अभियानका सदस्य विमल खतिवडाको नेतृत्वमा टोली विद्यालयमा पुगेको थियो । 
 
विद्यार्थीलाई गाउँका अगुवा एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झ्यापुराम चेपाङ, प्रअ अतिबल चेपाङ र हामीले नगरे कसले गर्ने अभियानका सल्लाहकार केपीकिरण शर्माको उपस्थितिमा स्टेशनरी सामाग्री वितरण गरिएको हो । 
 
उक्त विद्यालयको भवन बैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्किएपछि अभियानको संयोजनमा निर्माण कार्य जारी छ । 
 
विद्यालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रअ अतिबल चेपाङले बताए ।