मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ज्ञान र विवेकको प्रवाह गर्न बौद्धिक जगत अगाडि आउनुपर्छ : अध्यक्ष दाहाल

ज्ञान र विवेकको प्रवाह गर्न बौद्धिक जगत अगाडि आउनुपर्छ : अध्यक्ष दाहाल


काठमाडौँ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले बौद्धिक तप्काले जनतामा ज्ञान र विवेकको प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ । 
 
एकीकृत नेकपा(माओवादी) निकटको नेपाल बुद्धिजीवी सङ्गठनको प्रदेश नं ३ को भेला तथा प्रशिक्षणलाई पार्टी केन्द्रीय कार्यालयमा आज सम्बोधन गर्दै उहाँले आन्दोलनबाट पैदा भएको विचार र त्यसको नेतृत्वको रक्षा गर्न पनि बौद्धिक समुदायको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । 
 
मानिस आस्था र आदर्शकै निम्ति बाँच्ने र आस्था तथा आदर्शकै निम्ति मर्ने उल्लेख गर्दै उहाँले आस्था र निष्ठामा नै केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो । 
  
माओवादी आन्दोलनमा आएको विभाजनले मनोवैज्ञानिक रुपमा जनतामा निराश बनाएको उल्लेख गर्दै अध्यक्ष दाहालले अब सबै माओवादी धारा एकताबद्ध हुने दाबी गर्नुभयो । 
 
अध्यक्ष दाहालले भन्नुभयो– “माओवादी आन्दोलन कुनै जात, धर्म, लिङ्ग, क्षेत्र होइन बरु यो कम्युनिष्ट आन्दोलन हो, जसले समाजमा सबैभन्दा उत्पीडनमा परेका वर्ग, क्षेत्रको मुक्तिका लागि लड्ने लडार्इंको नेतृत्व गर्छ”–रासस