मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विमान दुर्घटना बारेमा छानबिन समिति गठन

विमान दुर्घटना बारेमा छानबिन समिति गठन


काठमाडौँ । सरकारले नेपालगञ्जबाट जुम्लाका लागि उडेको ९ एन–एजेबी विमान आकस्मिक अवतरण गर्ने क्रममा कालिकोटको चिलखायामा भएको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन एक छानबिन समिति गठन गरेको छ ।
 
पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो । सदस्यमा हवाई महानिर्देशनालय नेपाली सेनाका प्रमुख सेनानी रवीन्द्र बस्नेत, गोमा एयरका वरिष्ठ इन्जिनियर रमेशकुमार सिंह र सदस्य सचिवमा मन्त्रालयमा सहसचिव हरिबहादुर खड्का रहनुभएको छ ।
 
मन्त्रिस्तरीय निर्णयबाट सो छानविन समिति गठन गरेको र समितिले दुई महिनाभित्र सत्यसत्य पत्ता लगाई प्रतिवेदन बुझाउन समय दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो ।
 
विमान दुर्घटना हुँदा चालक दलका दुईसहित ११ जना रहेको विमानमा चालक र सहचालकको निधन भइसकेको छ । घाइतेको नेपालगञ्जको कोहलपुरमा उपचार भइरहेको छ । रासस