भीमदत्तनगर, २६ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकार उखान टुक्काले देश नचल्ने बताउनुभएको छ । सरकारको नेतृत्वप्रति आलोचना गर्दै केन्द्रीय सदस्य कोइरालाले वर्तमान सरकार आफ्नै बोझले ढल्ने दाबीसमेत गर्नुभयो । नेपाली काँग्रेस कञ्चनपुरले आइतबार बेलुकी भीमदत्तनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले वर्तमान सरकारले मन्त्रालयहरू फुटाएर देशलाई आर्थिक भार…