मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पिकअप भ्यानको ठक्करबाट मृत्यु

पिकअप भ्यानको ठक्करबाट मृत्यु


मोरङ । मोरङको हसन्दह–४ स्थित भित्री सडकखण्डमा गएराति पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ९ः३० बजे हसन्दह–४ स्थित पथरी–हसन्दह भित्री सडकखण्डमा को १ च ८९०८ नंको पिकअप भ्यानले को ३ प ४९७५ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार हसन्दह–४ कै ३५ वर्षीय यमप्रसाद दर्जीको मृत्यु भएको हो । 
 
भ्यानको ठक्करबाट गम्भीर घाइते भएका दर्जीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ११ बजे उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । 
 
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका १८ वर्षीय प्रभु चौधरी घाइते भएका छन् । उनको स्थानीय पथरी हस्पिटलमा उपचार भइरहेको छ । ठक्कर दिने भ्यान र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । रासस