मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मानव बेचबिखनको आरोपमा पाँच पक्राउ

मानव बेचबिखनको आरोपमा पाँच पक्राउ


चितवन । काउले–६ भोटेगाउँकी १२ वर्षीया बालिकालाई विवाहको नाटक गरी विक्री गर्न दिल्ली लान खोजको आरोपमा २ जना पक्राउ परेका छन् । 
 
पक्राउ पर्नेमा काउले ६ बस्ने वर्ष ३७ को शेरबहादुर चेपाङ र निजकै श्रीमती वर्ष ३१ की विष्णुमाया श्रेष्ठ चेपाङ रहेका छन् । बेचबिखनको लागि भारततर्फ लैजाँदै गर्दा चैत २० गते महेन्द्रनगर कन्चनपुरबाट नेपाल प्रहरी र माइती नेपालको संयुक्त टोलीले उद्दार गरी नाबालिकालाई घर फर्काएको थियो । 
 
नाबालिकाको बाबुले जिल्ला प्रहरी कार्यालय चितवनमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा किटानी जाहेरी गत चैत २५ गते दिएका थिए । 
त्यस्तै, माडी नगरपालिका ८ बस्ने १६ वर्षीया बालिकालाई विक्रीको लागि भारतको मगोई पु¥याएको अवस्थामा तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको जनाएको छ । 
 
पक्राउ पर्नेमा सोही ठाउँका वर्ष २८ को गोविन्द महतो, वर्ष २४ को बुद्धि भुजेल र वर्ष २३ को शनी पंगेनी रहेका छन् । तीन जनाको मिलेमतोमा माघ २९ गते साँझ घरबाट लगेर बेहोस हुने औषधि मिसाएको फ्रुटी तथा चाउचाउ खुवाएर बेहोस बनाई भारतको मगोई पु¥याएको प्रहरीले जनाएको छ । 
 
गत वैशाख २ गते बालिकाको अभिभावकहरुले मगोई स्थानबाट उद्दार गरी बालिकालाई ल्याएका थिए । तीनै जनाको मिलोमतोमा बेचबिखनको लागि भारत लगेको भनि बालिकाले चितवन प्रहरीमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वैशाख ५ गते किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले उनीहरुलाई वैशाख ७ गते पक्राउ गरेको जनाएको छ ।