मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिद्यालयका ६० जना बालिकालाई बिष खुवाइयो

बिद्यालयका ६० जना बालिकालाई बिष खुवाइयो


तालुकान (अफगानिस्तान) । उत्तरी अफगानिस्तानको तखार प्रान्तको रुस्ताक जिल्लामा अवस्थित एक बिद्यालयका ६० जना बालिकालाई बुधबार रहस्यमयपूर्ण रुपमा बिष खुवाइएको छ । 
 
सो प्रान्तका प्रहरी प्रवक्ताले उक्त जानकारी दिएका छन् । रुस्ताक जिल्लामा रहेको मिर मुलाई नामक बालिकाहरुको विद्यालयमा स्थानीय समयाअनुसार बुधबार विहान रहस्यमयढङ्गबाट विष खुवाइएको जनाइएको छ । 
 
सो विद्यालयका सात देखि १२ कक्षासम्म अध्ययनगर्ने विद्यार्थीहरुलाई विष पिलाइएको समाचारमा जनाइएको छ । उक्त घटनामा पर्ने सबै विद्यार्थीलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । यस घटनाको अनुसन्धान भइरहेको बताइएको हो । 
 
तखार प्रान्तमा गएको दुई हप्तामा यस प्रकारको घटना भएको यो दोस्रो पटक हो । तालिवानहरु बालिका शिक्षाका विरोधी हुन् । उनीहरुले नै समय समयमा बालिकालाई यसरी विष पिलाउने गर्छन् । गत अप्रिल १९ मा पनि रुस्ताक जिल्लामा रहेका बालिकाहरुको विद्यालयमा भएको यस्तै घटनामा ६२ जना बालिकालाई बिष दिइएको थियो । सिन्ह्वा