मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

म्याग्दीमा ३७४ जना बालबालिका द्धन्द्ध प्रभावित

म्याग्दीमा ३७४ जना बालबालिका द्धन्द्ध प्रभावित


बेनी (म्याग्दी) । म्याग्दी जिल्लामा विगतमा भएको राज्य र विद्रोही पक्षबाट गरी ३७४ जना बालबालिका द्वन्द्वप्रभावित भएको पाइएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला बालकल्याण समिति संयोजक टेकबहादुर केसीको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकमा ३७४ द्वन्द्वप्रभावित बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको जानकारी गराइएको हो । 
 
जिल्ला बालकल्याण समितिमार्फत गाविस र सामाजिक परिचालकबाट तथ्याङ्क सङ्कलन गरिएको थियो । सङ्कलनका क्रममा हालसम्म म्याग्दीमा ३७४ जना बालबालिकाको तथ्याङ्क सङ्कलन भएको छ ।  २०५२ देखि २०६३ साल मङ्सिर ५ गतेसम्म १८ वर्षमुनिका बालबालिकाको तथ्याङ्क सङ्कलन गर्दा उक्त आँकडा आएको बालअधिकार अधिकृत मिठु आचार्यले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाको गुर्जा, लुलाङ, मुदी, मराङ, शिख, घार, हिस्तान गाविसमा द्वन्द्वप्रभावित बालबालिका नभेटिएको पाइएको छ । 
 
त्यसैगरी, बढी द्वन्द्वप्रभावित बालबालिका साविकको अर्थुङ्गे र त्यसपछि ज्यामरुककोट गाविसमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । त्यसैगरी रुम गाविसमा घर बताउने करिब ६ महिनाको नाबालकसहितको महिला हराएको हुँदा खोजी गरी सम्बन्धित ठाउँमा पु¥याउने विषयमा पनि छलफल भएको छ ।
 
सुत्केरीका लागि अन्न सङ्कलन
 
यसैबीच, सुत्केरी बेथा लागेकी आमालाई अस्पतालसम्म पु¥याउन आर्थिक सहयोग गर्ने उद्देश्यले म्याग्दीको भकिम्ली–९ तोराखेतका महिलाले अन्न सङ्कलन अभियान थालेका छन् । आर्थिक अभावमा गर्भावस्था, प्रसव, सुत्केरी र नवशिशुको अकालमा ज्यान जान नपाओस् भन्ने उद्देश्यले बाली भित्र्याउने समयमा प्रत्येक घरबाट अन्न सङ्कलन गरी त्यसलाई बिक्री गरेर प्राप्त भएको रकम सुत्केरी हुने विपन्न महिलालाई प्रदान गरिँदै आएको तोराखेत आमा समूहकी अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए । 
 
आमा समूहमा आबद्ध २१ जना महिलाले चार–चार महिनामा सङ्कलन गरेको अन्न बिक्री गरेर समस्यामा परेका महिलाको उपचारमा खर्च गर्ने गरेको अध्यक्ष सापकोटाले बताए । २०७० वैशाखदेखि सुरु गरेको सो अभियानबाट अहिलेसम्म सातजना महिला लाभान्वित भएका र आमा समूहको कोषमा १२ हजार ६६५ रुपैयाँ जम्मा भएको सापकोटाले जानकारी दिए । 
 
जनचेतनाको कमी र आर्थिक अवस्था कमजोर भएका कारणले महिलाले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था भएकालाई तोराखेतका महिलाको उक्त अभियानले सहयोग पुगेको स्थानीय बुद्धिजीवी डिलबहादुर सापकोटाले बताए । रासस