मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रोजगारीका लागि बिदेसिएका २३ बेपत्ता

रोजगारीका लागि बिदेसिएका २३ बेपत्ता


मलेखु (धादिङ) । रोजगारीका लागि विभिन्न देशमा गएका धादिङका २३ युवा बेपत्ता भएका छन् । 
 
कामको खोजीमा बिदेसिएका युवा विदेश जानुअघि तोकिएको काम नपाएर, काम पाएपछि कम्पनीले सूचनाबाट वञ्चित गरेर र लुकीछिपी विदेश गएर बेपत्ता भएका हुन् । 
 
बाह्र मलेसियामा, चार कुवेतमा, दुई दुई साउदी अरब– कतार– सिरियामा तथा एक जना जर्जियामा बेपत्ता भएको सूचना तथा परामर्श केन्द्र धादिङले जनाएको छ । 
 
सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन गरिरहेको चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज सिड्स धादिङअन्तर्गत सूचना तथा परामर्श केन्द्रमा परेको निवेदनअनुसार उनीहरू विदेश गएर बेपत्ता भएका हुन् । 
 
धादिङको उत्तरी क्षेत्रका पाँच गाविसबाट बेपत्ता हुनेक्रम बढ्दै गइरहेको छ । झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, कुम्पुर, त्रिपुरेश्वर, जोगीमारा, थाक्रे, नलाङ, धुवाँकोट, तसर्पु, सल्यानटारलगायत गाविस र नीलकण्ठ नगरपालिकाबाट विदेश गएर बेपत्ता भएको सामी परियोजना कार्यक्रम संयोजक गङ्गा सुवेदीले बताए । 
 
परिवारका सदस्यले बेपत्ता भएका परिवारका सदस्यलाई उद्धार गर्नका लागि सूचना तथा परामर्श केन्द्रमा उजुरी दिने गरेको सुवेदीको भनाइ छ । 
 
जिल्ला प्रशासन कार्यालयनजिकै वैदेशिक रोजगारीमा जानेका लागि स्विस सरकारको सहयोगमा सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ । रासस