मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्रिपर दुर्घटनामा दाङमा तीन जनाको मृत्यु

ट्रिपर दुर्घटनामा दाङमा तीन जनाको मृत्यु


दाङ । दाङको सैघा गाविस पेदामा ट्रिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक गम्भीर घाइते भएका छन् ।
 
सोमबार राति रा १ ख ९२७ नम्बरको टिपर दुर्घटना हुँदा ट्रिपर चालक सल्यान माल्टा–९ निवासी २७ वर्षीय तिलकबहादुर घर्ती, पहिचान हुन नसकेका सहचालक र दाङको सैघा–२ निवासी १८ वर्षीय अजय नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रकाश शर्माले जानकारी दिए ।
 
दुर्घटनामा परी सैघा–२ निवासी १९ वर्षीय खिमबहादुर सार्की गम्भीर घाइते भएका छन् । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि उनलाई गएराति बाँकेको नेपालगञ्जतर्फ पठाइएको प्रहरीले बताएको छ ।
 
सोनापुर सिमेन्टको लागि कच्चा पदार्थ बोकेर दाङतर्फ आउँदै गर्दा ट्रिपर दुर्घटनामा परेको हो ।