मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारत हुँदै कतार जान लागेका छ महिलाको उद्धार

भारत हुँदै कतार जान लागेका छ महिलाको उद्धार


नवलपरासी । नेपाली भूमि हुँदै भारतबाट कतार जान लागेका छ महिलालाई नवलपरासीबाट उद्धार गरिएको छ । 
 
भारतको दिल्ली हुँदै कतार लैजाने भन्दै रामु भनिने एक व्यक्तिको आश्वासनका आधारमा भारत जान लागेका अवस्थामा सोमबार माइती नेपालको टोलीले महेशपुर नाकाबाट उनीहरूलाई उद्धार गरेको हो । 
 
उद्धार गरिएकामा चितवन, सिन्धुली, धादिङ र तनहुँका एक एक एक तथा नवलपरासीका दुई महिला रहेको माइती नेपाल आवधिक गृहका प्रमुख माया क्षेत्रीले जानकारी दिए । 
 
छमध्ये नवलपरासीका दुई जनालाई परिवारका साथमा घर पठाइएको र अन्य चार जनालाई पनि परामर्श दिएर आफन्तको जिम्मा लगाउने तयारी भइरहेको माइती नेपालले जनाएको छ ।
 
नेपाल भारत सीमा क्षेत्र हुँदै दैनिकजसो महिला बेचिन भारत पुग्ने गरेका छन् । दलालले विभिन्न बहानामा बेच्न लैजाने गरेको तथ्याङ्कले देखाएको छ । रासस