काठमाडौ । राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति गम्भीर र स्थिर रहेको छ । भोजन नली र रक्तचापलगायतका समस्यासँग जुधिरहेका गुरुङको केही दिनदेखि ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
सो अस्पतालका निर्देशक डा चक्रराज पाण्डेका अनुसार उनको अवस्था निकै नाजुक रहेको र औषधिका आधारमा उनको स्वास्थ्यस्थिति स्थिर राखिएको जानकारी दिए ।
डा पाण्डेले भने– ‘स्वास्थ्य अवस्था निकै नाजुक भए पनि औषधिका आधारमा स्थिर रहेको छ । राम्रो हुन्छ र घर फर्किहाल्छन् भन्ने अवस्था यकिन गर्न सक्ने अवस्था छैन । कृत्रिम श्वासप्रश्वास चलाइएको छ ।’
सङ्गीतकार गुरुङका छोरा किशोर गुरुङले उनको मुटुमा समस्याको चुनौती गरिरहेको र अरु अङ्गहरु ठीकै रहेको परीक्षणले देखाए पनि समग्रमा स्वास्थ्यस्थिति गम्भीर देखिएको छ भने ।
राष्ट्रिय गानका सङ्गीतकार गुरुङको स्वास्थ्यस्थिति बुझ्न र स्वास्थ्यलाभको कामना गर्न उनका आफन्तहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ता, गीत–सङ्गीत क्षेत्रका स्रष्टाहरु ग्रान्डी अस्पताल पुगेका छन् । रासस
प्रतिक्रिया