काठमाडौँ । चलचित्रलाई व्यक्तिको बाँच्न पाउने अधिकार संरक्षण गर्न सामाजिक र सांस्कृतिक परिवर्तनको अभियानका रुपमा विकास गर्नुपर्ने उद्देश्यका साथ नेपालमा तीनदिने चौथो नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुक्रबारदेखि सुरु भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा आजदेखि ३० गतेसम्म ललितपुरको स्टाफ कलेजमा सञ्चालन हुँदैछ । महोत्सवमा उत्पीडित, न्यायको अनुभूति गर्न नपाएका समुदायको आवाज मुखरित…