चितवन, २१ माघ । इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक (इन्सपेक्टर) अम्बिकाप्रसाद गुप्ता घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आज विहीबार कार्यालयबाट नगद ८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । जिल्लामा प्रहरीको आन्तरिक कारबाहीमा परेका उनी यस पटक भने अख्तियारको फन्दामा परेका हुन् । विभिन्न मुद्दा मिलाउँदै रकम…