मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमालेले अविश्वास प्रस्तावको सामना गर्ने

एमालेले अविश्वास प्रस्तावको सामना गर्ने


काठमाडौँ । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाइएको अविश्वासको प्रस्तावको सामाना गर्ने भएको छ । 
 
नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अविश्वासको प्रस्तावविरुद्ध सामना गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी गराए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहजतापूर्वक परिस्थितिलाई सामना गर्न तयार रहन सांसदलाई निर्देशनसमेत दिएको सचेतक ढकालले जानकारी गराए ।
 
‘प्रधानमन्त्रीले सांसदलाई नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संसद्मा दर्ता गराएको अविश्वासको प्रस्तावको सामना गर्न तयार रहन निर्देशन दिनुभयो’– उनले भने । बैठकमा प्रधानमन्त्रीले एमाले सत्तामा कसैको भ¥याङ चढेर नआएको भन्दै जस्तोसुकै परिस्थितिको सामना गर्ने बताएको उनले जानकारी गराए । 
 
प्रमुख सचेतक ढकालका अनुसार प्रधानमन्त्रीले कसैको दयामायाले एमाले सत्तामा नपुगेको बताउँदै राष्ट्रवादको अडान र भारतीय नाकाबन्दीको पनि यसअघि सामना गरेकाले अहिलेको परिस्थितिको सामना गर्न तयार रहेको धारणा राखे । 
 
प्रमुख सत्ता साझेदार पार्टी माओवादी केन्द्रले सत्ता गठबन्धन छोडेपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।