पोखरा । पर्यटकीय नगरी पोखराको उत्तरी भेगमा अवस्थित नामार्जुङ गाविसस्थित ताङतिङ पर्यापर्यटन, हिमाली दृश्यावलोकन र प्राचीन संस्कृतिको आकर्षण केन्द्र बन्दै गएको छ । समुद्री सतहबाट लगभग एक हजार ६५० मिटरको उचाइमा अवस्थित यो गाउँमा पर्यावरणीय अवलोकनका साथै हिमाली दृश्यावलोन र गुरुङको सांस्कृतिक रहनसहनको अवलोकनका लागि स्वदेशी एवम् विदेशी पर्यटक लालायित हुने गरेका छन् ।…